काठमाडौं । दिल्ली क्यापिटल्सले नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई फुकुवा गर्ने निर्णय गरेको छ । इन्डियन प्रिमियर लिग (आईपीएल) टिम दिल्ली क्यापिटल्सले बुधबार सन्दीपलाई फुकुवा गर्ने निर्णय गरेको हो ।
सन्दिप दिल्ली क्यापिटल्समा आबद्ध भएपनि आईपीएलको पछिल्लो संस्करणमा कुनै खेल खेल्ने अवसर भने पाएका थिएनन् ।
क्रिक इन्फोका अनुसार दिल्लीले सन्दीपसँगै अन्य दुई खेलाडी इंग्ल्यान्डका जेसन रोय र भारतकै मोहित शर्मालाई पनि फुकुवा गर्ने निर्णय गरेको छ । सन्दीप सन् २०१८ मा लिलामीबाट दिल्लीसँग आबद्ध भएका थिए ।
त्यसक्रममा उनले त्यो सिजनको आईपीएलमा तीन खेलमा पाँच विकेट लिएका थिए ।
Leave a Reply