काठमाडौं । वागमती प्रदेशको प्रदेशसभा बैठक सहज रुपमा अघि बढाउन दलहरु सहमत देखिएका छन् ।
प्रदेशसभा बैठकअघि बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले आजको बैठक सहमतिमै अगाडि बढाउने सहमति जुटाएको हो । बैठक बुधबार दिउँसो ३ बजे बस्दैछ ।
आजको बैठकमा दलका नेताहरुले शुभकामना मन्तव्य दिने बाहेक अरु कार्यसूची नराखिएको एक सांसदले जानकारी दिए ।
आजको बैठकमा नेकपा संसदीय दलको प्रमुख नेताका रुपमा अष्टलक्ष्मी शाक्य र मुख्यमन्त्रीका रुपमा डोरमणि पौडेलले सम्बोधन गर्नेछन् ।
Leave a Reply