काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट समितिले प्रा.डा. रामकण्ठ माकाजुसहित तीन जनाको नाम प्रधानमन्त्री (कुलपति) समक्ष सिफारिस गरेको छ ।
उपकुलपति छनोट गर्न शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा गठित ‘सर्च कमिटी’ले सोमबार प्रा.डा. रामकण्ठ माकजु, प्रा.डा. भोला थापा र प्रा.डा. बालचन्द्र लुइँटेलको नाम सिफारिस गरेको हो ।
समितिमा श्रेष्ठ, काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्मा र विश्वविद्यालय संरक्षण समितिका अध्यक्ष दमननाथ ढुङ्गाना रहेका थिए ।
तर, शिक्षामन्त्री श्रेष्ठले आफ्नो ईमेलमा उपलकुपतिको वयक्तिक विवरण माग गरेपछि विवादमा आएका थिए ।
उनको ईमेल नै सार्वजनिक भएपछि नियुक्ती सिफारिसमा विभिन्न आशंका गरिएको थियो ।
बाहिर आएका विभिन्न आशंकालाई बल दिँदै शिक्षामन्त्री श्रेष्ठले भ्रष्टाचार आरोपी बालचन्द्र लुइँटेललाई समेत सिफारिस गरेको पाइएको छ ।
उपकुलपतिमा सिफारिस लुँइटेलमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीपछि छानविन भइरहेको छ। केयूमा भइरहेको आर्थिक अपचलन र नीतिगत विचलनको विषयमा छानबिन गर्न गठित समितिले माकाजु नै आर्थिक अनियमिततामा संलग्न रहेको ठहर गरेको थियो ।
मेडिकल कलेजहरूलाई सम्बन्धन दिँदा प्राप्त भएको १ करोड ३६ लाख ६१ हजार रुपैयाँ धुलिखेल अस्पताल सञ्चालन तथा विस्तारका नाममा बिल भर्पाईबिनै मिलेमतोमा रकम खर्च गरिएको थियो ।
Leave a Reply