Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • शिक्षामन्त्री श्रेष्ठ नै भ्रष्टाचारीका संरक्षक, अख्तियारले अनुसन्धान गरेकै बेला उपकुलपतिमा सिफारिस

    शिक्षामन्त्री श्रेष्ठ नै भ्रष्टाचारीका संरक्षक, अख्तियारले अनुसन्धान गरेकै बेला उपकुलपतिमा सिफारिस

    अनलाइन नेपाल
  • मंगलबार, ६ माघ २०७७
  • 3K
    SHARES

    काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट समितिले प्रा.डा. रामकण्ठ माकाजुसहित तीन जनाको नाम प्रधानमन्त्री (कुलपति) समक्ष सिफारिस गरेको छ  ।

    उपकुलपति छनोट गर्न शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा गठित ‘सर्च कमिटी’ले सोमबार प्रा.डा. रामकण्ठ माकजु, प्रा.डा. भोला थापा र प्रा.डा. बालचन्द्र लुइँटेलको नाम सिफारिस गरेको हो ।



    समितिमा श्रेष्ठ, काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्मा र विश्वविद्यालय संरक्षण समितिका अध्यक्ष दमननाथ ढुङ्गाना रहेका थिए ।



    तर, शिक्षामन्त्री श्रेष्ठले आफ्नो ईमेलमा उपलकुपतिको वयक्तिक विवरण माग गरेपछि विवादमा आएका थिए ।

    उनको ईमेल नै सार्वजनिक भएपछि नियुक्ती सिफारिसमा विभिन्न आशंका गरिएको थियो ।

    बाहिर आएका विभिन्न आशंकालाई बल दिँदै शिक्षामन्त्री श्रेष्ठले भ्रष्टाचार आरोपी बालचन्द्र लुइँटेललाई समेत सिफारिस गरेको पाइएको छ ।

    उपकुलपतिमा सिफारिस लुँइटेलमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीपछि छानविन भइरहेको छ।  केयूमा भइरहेको आर्थिक अपचलन र नीतिगत विचलनको विषयमा छानबिन गर्न गठित समितिले माकाजु नै आर्थिक अनियमिततामा संलग्न रहेको ठहर गरेको थियो  ।

    मेडिकल कलेजहरूलाई सम्बन्धन दिँदा प्राप्त भएको १ करोड ३६ लाख ६१ हजार रुपैयाँ धुलिखेल अस्पताल सञ्चालन तथा विस्तारका नाममा बिल भर्पाईबिनै मिलेमतोमा रकम खर्च गरिएको थियो  ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार