Online Nepal
  • बुधबार, १४ कार्तिक २०८१
  • नेकपा विवाद : श्रीमान-श्रीमती अलग खेमामा

    नेकपा विवाद : श्रीमान-श्रीमती अलग खेमामा

    अनलाइन नेपाल
  • मंगलबार, ७ पुष २०७७
  • 3.6K
    SHARES

    काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटको संघारमा पुगेपछि रघुवीर महासेठ प्रचण्ड खेमामा र जुलीकुमारी महतो केपी शर्मा ओली खेमामा देखिएका छन् । रघुवीर महासेठ र जुलीकुमारी महतो श्रीमान–श्रीमती हुन् ।

    यसअघि श्रीमान–श्रीमती अध्यक्ष केपी शर्मा ओलीको खेमामा रहेका रघुवीर महासेठ र जुलीकुमारी महतो पछिल्लो पटक फरक फरक खेमामा सहभागी भएका हुन् ।



    श्रीमती महतो शुरुदेखि अध्यक्ष ओली खेमाको बैठकमा सहभागी हुँदै आएकी थिइन् । तर उनका श्रीमान महासेठ अध्यक्ष प्रचण्ड खेमामा पुगेका हुन् ।



    महासेठ यसअघि अध्यक्ष ओली नेतृत्वको सरकारमा यातायात मन्त्री थिए । अहिले उनी नियमित प्रचण्ड पक्षको भेलामा सहभागी हुँदै आएका छन् । आजको ववरमहल बैठकमा पनि महासेठ सहभागी रहेका केन्दीय सदस्य मेटमणी चौधरीले बताए ।

    नेकपा अब फुटमा पुग्ने निश्चितप्रायः भएपछि पार्टीमा आवद्ध श्रीमा-श्रीमतीबीच पनि फुटहुने अवस्था सिर्जना भएको छ । यसैगरी उपाध्यक्ष गौतम अहिले कुनै खेमाको बैठकमा सहभागी नभएका भएपनि उनको श्रीमती तुलसा थापा अध्यक्ष ओली खेमाको केन्द्रीय कमिटी सदस्य बनेकी छिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार