काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन परिणाम आउने क्रम शुरु भएको छ।
वस्तुगततर्फको सदस्यहरुको मतपरिणाम सार्वजनिक भएको छ । कुल २८ जना सदस्यले वस्तुगततर्फ उम्मेदवारी दिएकोमा बढी ल्याउने १४ जना सदस्य निर्वाचित भएका हुन् । वस्तुगत समूहतर्फको उपाध्यक्षमा अञ्जन कुमार श्रेष्ठ विजयी भएका छन् ।
किशोर प्रधान समूहबाट उपाध्यक्षको उम्मेदवार बनेका श्रेष्ठले ६२ मत ल्याएर उपाध्यक्षमा विजय हासिल गरेका हुन् ।
उनका निकटतम प्रतिद्वन्दी चन्द्र ढकाल समूहबाट उम्मेदवार बनेका उमेशलाल श्रेष्ठले ३७ मत मत प्राप्त गरे। यो सँगै ढकाललाई धक्का लागेको छ।
Leave a Reply