काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई कोरोना कोरोना संक्रमण पुष्टी भएको छ।
लामिछानेले सामाजिक संजालमार्फत आफूलाई कोरोना संक्रमण भएको बताएका हुन् । उनले आफूलाई बुधबारदेखि नै शरीर दुख्ने भएको बताएका छन् ।
उनले आफ्नो स्वास्थ्य भने सुधारोन्मुख रहेको बताएका छन् । उनी होम आईसोलेसनमा रहेका छन् ।
उनले आफू स्वस्थ्य भएर छिट्टै मैदानमा फर्किने विश्वास व्यक्त गरेका छन् । लामिछाने उनी केही दिनपछि अष्ट्रेलियाको बिग बास क्रिकेट खेल्न जाँदै थिए ।
यसअघि राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल लगायतलाई कोरोना देखिएको थियो । तीन जना खेलाडीले शुक्रबारै कोरोनामुक्त भएका थिए ।
गत बिहीबारदेखि राष्ट्रिय टिमको प्रशिक्षण भइरहेको छ ।
Leave a Reply