काठमाडौं । भारतीय सेनामा कार्यरत दाङ तुलसीपुर निवासी युवाको आतंककारी हमलामा परि निधन भएको छ ।
जम्मु कश्मीरमा कार्यरत केसीको समूहमाथि शुक्रबार बिहान ५ बजेतिर हमला भएको र अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको जानकारी दिइएको छ।
शुक्रवार विहान ५ बजेतिर केसीको समूहमाथि आतंककारी हमला भएको र अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएकोे वताइएको छ ।
भारतीय सेनाले घर परिवारलाई शुक्रवार बिहान प्रेमलाई गोली लागेको खवर दिएको थियो ।
लगतै उनका साथीहरुलाई बुझ्दा मृत्यु भइसकेको भन्ने जानकारी आएको थियो । प्रेमका बुवा लालबहादुर पनि रिटायर्ड भारतीय सेना हुन् । उनको ७ वर्षीया छोरी र ५ वर्ष छोरा छन्।
Leave a Reply