विराटनगर । मोरङमा कोरोना संक्रमणबाट एकैदिन ९ जनाकाे मृत्यु भएको छ ।
विराटनगरमा आठ जना र सुन्दरहरैंचा नगरपालिकामा एकजना कोरोना संक्रमितको मृत्यु भएको हो । विराटनगरमा मृत्यु भएका आठजना अस्पतालमा थिए भने सुन्दरहरैंचाका संक्रमितको घरमै मृत्यु भएको हो ।
संक्रमणका कारण विराटनगरको नोबेल शिक्षण अस्पतालमा पाँच कोरोना संक्रमितको मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा दुईजना र न्यूरो अस्पतालमा एकजनाको मृत्यु भएको हो ।
Leave a Reply