Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • नरवणेको भ्रमणप्रति काठमाडौं र दिल्लीको चासो

    नरवणेको भ्रमणप्रति काठमाडौं र दिल्लीको चासो

    अनलाइन नेपाल
  • बुधबार, १९ कार्तिक २०७७
  • 2.1K
    SHARES

    भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे

    काठमाडौँ । भारतका स्थलसेना प्रमुख मनोजमुकुन्द नरवणे बुधबार नेपाल आउँदै छन् । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निम्तोमा उनी आउन लागेका हुन् ।

    नरवणे बुधबार अपराह्न भारतीय सेनाको विशेष विमानबाट काठमाडौं ओर्लने कार्यक्रम छ । भ्रमणदलमा नरवणेकी श्रीमतीसहित चार सदस्य रहने नेपाली सेनाले जनाएको छ ।



    नेपाल र भारतबीच एकअर्को देशका सेनाप्रमुखलाई मानार्थ प्रधानसेनापतिको दर्जाबाट सम्मान गर्ने परम्परा रहँदै आएको छ । त्यहीअनुसार नरवणे आउन लागेका हुन् । प्रधानसेनापति थापाले २०७५ पुस २९ मा नयाँदिल्लीमा भारतका राष्ट्रपति रामनाथ कोविन्दबाट भारतीय स्थल सेनाको मानार्थ प्रधानसेनापतिको दर्जा ग्रहण गरेका थिए ।



    यस्तो कार्यक्रम विगतमा सामान्य औपचारिकतामा सीमित रहने गरेको थियो तर केही महिनादेखि नेपाल–भारत सीमालाई लिएर कायम विवाद र नरवणे आफैंले दिएको नेपालसम्बन्धी विवादास्पद अभिव्यक्तिका कारण उनको भ्रमणलाई काठमाडौं र दिल्लीमा विशेष चासोका साथ हेरिएको छ ।

    नेपाली सेनाका अनुसार भ्रमणको पहिलो दिन अर्थात् बुधबार कुनै औपचारिक कार्यक्रम राखिएको छैन । बिहीबार भने नरवणे दिनभर नै व्यस्त रहनेछन् । बिहान सैनिक मञ्चस्थित वीर स्मारक र सहिद गेटमा माल्यार्पण गर्ने कार्यक्रम छ । त्यसपछि नरवणेले भद्रकालीस्थित जंगीअड्डामा नेपाली सेनाको एउटा टुकडीको सम्मान गारदको निरीक्षण गर्नेछन् । जंगीअड्डामै प्रधानसेनापति थापा र नरवणेबीच औपचारिक भेटवार्ता हुनेछ । त्यसपछि नरवणेले नेपाली सेनाका उच्च अधिकृतहरूसँग सक्षिप्त अन्तर्क्रिया गर्ने कार्यक्रम छ । त्यसपछि द्विपक्षीय रक्षा सहयोग कार्यक्रमअन्तर्गत एउटा फिल्ड अस्पतालका लागि एम्बुलेन्स र स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने कार्यक्रमसमेत रहेको नेपाल सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताए । कान्तिपुर दैनिकबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार