बुटवल – बुटवलको कोरोना विशेष अस्पतालमा थप एक जनाको मृत्यु भएको छ ।आज बिहान एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ ।
बुटवल उपमहानगरपालिका वडा नंं. ११ की ४१ वर्षीया महिलाको कोरोना अस्पताल बुटवलमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।
सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार सोमबार कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी उनको भेन्टिलेटरको सहायतामा आईसीयूमा उपचार भइरहेकामा बिहान मृत्यु भएको हो ।ती महिला मधुमेहको दीर्घरोगी थिइन् ।
Leave a Reply