काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
सुनसरीको इटहरी–२० का ७८ वर्षीय पुरुषको आज बिहान ३ः०५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
रक्तअल्पताबाट पीडित उनमा पहिलो पटक असोज १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसको भोलिपल्ट नै उनी अस्पताल भर्ना भएका थिए ।
दोस्रो पटक कात्तिक १ गते पनि उनको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।
Leave a Reply