काठमाडौं । कोरोना संक्रमणबाट सशस्त्र प्रहरीका एक जवानको मृत्यु भएको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मुस्ताङमा कार्यरत सशस्त्र प्रहरीका २५ वर्षीय जवानको मृत्यु भएको हो ।
उपचारको क्रममा रहेका बागलुङको ढोरपाटन नगरपालिका–७ घर भएका उनको बिहीबार राति ११ः३० बजे मृत्यु भएको हो ।
असोज २५ गते अस्पताल भर्ना भएका उनको असोज २७ गते संक्रमण पुष्टि भएको थियो ।
Leave a Reply