काठमाडौं। महानगरिय अपराध महाशाखाले क्रोएसियामा रोजगारीका लागि पठाउने भन्दै नक्कली भिसा देखाएर ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा सप्तरी घर भइ काठमाडौं बस्ने मोहम्बद सहजाद आलम र सिन्धुली घर भइ काठमाडौं बस्ने सुक्मान वाइबा रहेका छन्।
उनीहरुले नौ जना व्यक्तिहरुसँग प्रतिव्यक्ती ३ लाख ७ हजारका दरले ठगी गरेको खुलेको छ।
पक्राउ परेका दुबै जनालाई थप कारवाहीका लागि महानगरिय प्रहरी परिसर काठमाडौंमा पठाइएको महाशाखाले जनाएको छ।
Leave a Reply