Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • क्रोएसिया पठाउने भन्दै नक्कली भिसा देखाएर लाखौं ठगी गर्ने दुई जना पक्राउ

    क्रोएसिया पठाउने भन्दै नक्कली भिसा देखाएर लाखौं ठगी गर्ने दुई जना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २९ असोज २०७७
  • 5.2K
    SHARES

    काठमाडौं। महानगरिय अपराध महाशाखाले क्रोएसियामा रोजगारीका लागि पठाउने भन्दै नक्कली भिसा देखाएर  ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेहरुमा सप्तरी घर भइ काठमाडौं बस्ने मोहम्बद सहजाद आलम र सिन्धुली घर भइ काठमाडौं बस्ने सुक्मान वाइबा रहेका छन्।



    उनीहरुले नौ जना व्यक्तिहरुसँग प्रतिव्यक्ती ३ लाख ७ हजारका दरले ठगी गरेको खुलेको छ।



    पक्राउ परेका दुबै जनालाई थप कारवाहीका लागि महानगरिय प्रहरी परिसर काठमाडौंमा पठाइएको महाशाखाले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार