धादिङ। जिल्ला प्रहरी कार्यालय धादिङले गुण्डा नाइके तथा कांग्रेस निकट तरुण दल जिल्ला उपाध्यक्ष राधे भण्डारीलाई पक्राउ गरेको छ ।
सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधिलाई धम्की दिएपछि भण्डारीलाई पक्राउ गरिएको डीएसपी लोकनाथ तिम्सिनाले वताए ।
बालुवा निकाल्ने ठेक्काको म्याद सकिएपछि पनि भण्डारीले अवैध तरिकाले बालुवा निकालिरहेका थिए । जनप्रतिनिधिलाई त्यसलाई रोक्न भनेपछि भण्डारीले धम्की दिएका थिए । गाउँपालिकाका प्रतिनिधिले जिल्ला प्रशासन कार्यालय, धादिङमा उजुरी दिएपछि भण्डारीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।
यसअघी पनि गुण्डागर्दीको आरोपमा एसपी रबिन्द्र रेग्मीले राधेलाई पक्राउ गरेका थिए। तर उनी सुध्रने अवस्थामा छैनन् ।
प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ लाई गोली हानेपछि उनी चर्चामा आएका थिए । त्यसअघि चरी समूहका आयुप तामाङको समेत राधेले हात काटिदिएका थिए ।
Leave a Reply