Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • जनप्रतिनिधिलाई धम्की दिएपछि गुण्डा नाइके राधे भण्डारी पक्राउ

    जनप्रतिनिधिलाई धम्की दिएपछि गुण्डा नाइके राधे भण्डारी पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २३ असोज २०७७
  • 4.6K
    SHARES

    धादिङ। जिल्ला प्रहरी कार्यालय धादिङले गुण्डा नाइके तथा कांग्रेस निकट तरुण दल जिल्ला उपाध्यक्ष राधे भण्डारीलाई पक्राउ गरेको छ ।

    सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधिलाई धम्की दिएपछि भण्डारीलाई पक्राउ गरिएको डीएसपी लोकनाथ तिम्सिनाले वताए   ।



    बालुवा निकाल्ने ठेक्काको म्याद सकिएपछि पनि भण्डारीले अवैध तरिकाले बालुवा निकालिरहेका थिए । जनप्रतिनिधिलाई त्यसलाई रोक्न भनेपछि भण्डारीले धम्की दिएका थिए ।  गाउँपालिकाका प्रतिनिधिले जिल्ला प्रशासन कार्यालय, धादिङमा उजुरी दिएपछि भण्डारीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।



    यसअघी पनि गुण्डागर्दीको आरोपमा एसपी रबिन्द्र रेग्मीले राधेलाई पक्राउ गरेका थिए। तर उनी सुध्रने अवस्थामा छैनन् ।

    प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ लाई गोली हानेपछि उनी चर्चामा आएका थिए । त्यसअघि चरी समूहका आयुप तामाङको समेत राधेले हात काटिदिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार