काठमाडौं । नेपाल एयरलाइन्सलाई २ साताका लागि हङकङ प्रवेश निषेधित भएको छ ।
गत शुक्रबार काठमाडौं टु हङकङ फ्लाइट गरेको एयरलाइन्समा सवार ५ जना यात्रुमा कोरोना भाइरस पोजेटिभ देखिएपछि हङकङले एयरलाइन्समाथि प्रतिबन्ध लगाएको हो ।
शुक्रबार साँझ ८ बजे नेपालबाट हङकङ उडेको एयरलाइन्समा सवार कुल १२० जना यात्रुहरुमध्ये ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि हङकङले एयरलाइन्समाथि दुई साता प्रतिवन्ध लगाएको नेपाल एयरलाइन्सकी वताइएको छ ।
योसँगै ४ अक्टोबर २०२० देखि १७ अक्टोवर २०२० सम्म नेपाल एयरलाइन्सले हङकङका लागि कुनै पनि फ्लाइट गर्न नपाउने भएको छ ।
Leave a Reply