Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • झुटको खेती गर्दै विशाल ग्रुप, म्याद सकिएका खाद्य वस्तु बेच्दाबेच्दै रंगेहात पक्राउ परेका सेटिङमा छुटे !

    झुटको खेती गर्दै विशाल ग्रुप, म्याद सकिएका खाद्य वस्तु बेच्दाबेच्दै रंगेहात पक्राउ परेका सेटिङमा छुटे !

    अनलाइन नेपाल
  • सोमबार, १९ असोज २०७७
  • 5.9K
    SHARES

    फाइल तस्बिर

    काठमाडौं । चक्लेटलगायतका खाद्यवस्तुको मिती सकिएको बिक्री प्रकरणमा विशाल ग्रुपले झुटको खेती गर्दै आएको खुलेको छ । करिब एक अर्ब रुपियाँका वस्तु उपभोग्य मिति सच्याई बिक्रीवितरण गर्न लागेकोमा अपराध महाशाखा र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले छापा मारेपछि विशाल ग्रुपको धन्दा बाहिर आएको हो।

    विशाल ग्रूपकै संलग्नतामा चकलेट, बिस्कुट, आलु चिप्स जस्ता खाद्य वस्तु म्याद सकिए पनि पुनः नयाँ म्याद राखेर बजारमा पठाउने गरेको महानगरीय प्रहरी अपराध महाशाखा  र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पत्ता लगाएकाथिए।



    अपराध महाशाखाका अनुसार आयान डिष्ट्रिब्युटर लोकल वितरक रहेको र उसले सबैखाले खाद्य वस्तु तथा सामाग्री विशाल समूहको युनाइटेड डिष्ट्रिब्युटर र अर्को लाइफ केयर इन्टरनेशनलबाट खरिद गरेको खुलेको छ ।



    स्नेकर्स, ओरियो बिस्कुट, हर्लिक्स, मार्स चकलेट, किल्डे, बण्टी तथा मिल्की र प्रिङ्गल्सको नेपाल आयातकर्ता विशाल समूह रहेको र युनाइटेड डिष्ट्रिब्यूटरले बजारमा यी सामान फैलाउने काम गर्ने गरेको पाइएको छ ।  युनाइटेड डिष्ट्रिब्यूटर विशाल ग्रुपको भगिनी संस्था हो, जुन कुरा  वेबसाइटमा राखिएको विवरणबाट प्रस्ट हुन्छ

    विशाल ग्रुपले संलग्नता छैन भनी गरेको दाबी हुने आधार उसकै वेबसाइटमार्फत प्रस्ट देखिन्छ।  विशाल ग्रुपले ‘आयान डिस्ट्रिब्युटर्ससँग हाम्रो केही सम्बन्ध छैन’ भनेको छ ।   विशाल ग्रुपले एमेजन डिस्ट्रिब्युटर्सको बारेमा प्रेस विज्ञप्तिमा चलाखीपूर्ण तरिकाले केही बताएको छैन ।

    गलत काम गर्ने व्यक्तिलाई पक्राउ गरेसँगै प्रहरी र विभागको निकै प्रशंसा भएको थियो । तर आर्थिक चलखेल गरी आइतबार नै पक्राउ परेका व्यक्तिहरूलाई रिहाइ गरिसकिएको छ ।

    मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने यस प्रकारको वस्तु उत्पादन तथा वितरण गर्नेलाई कालोबजारी ऐन–३०३२, उपभोक्ता संरक्षण ऐन–२०७५ र खाद्य ऐन २०२३ अनुसार कारबाही हुने प्रावधान छ । तर वाणिज्य विभागले भने पक्राउ परेकामध्ये एक जनालाई मात्र हिरासतमा राखेर सात जनालाई तारेखमा रिहा गरेको छ ।

    उपभोक्ता संरक्षण ऐनअन्तर्गत ५ वर्ष, खाद्य ऐनअन्तर्गत १ वर्ष र कालोबजारी ऐनअन्तर्गत जति वर्ष पनि कारबाही गर्न सकिने प्रावधान छ ।

    मिति नाघेको खाद्य वस्तुलाई रि–लेबलिङ गर्दागर्दै रंगेहात पक्राउ परेका सात जनालाई वाणिज्य विभागले आइतबार सामान्य तारेखमा छोडेको छ । अवैध काम गर्ने व्यक्तिलाई गोदामै रंगेहात पक्राउ गरे पनि विभागले सामान्य तारेखमा छोडेको हो ।

    पक्राउ परेका आठ जनामध्ये सात जना शुक्रबार नै धरौटी बुझाएर रिहा भएका छन् । रंगेहात पक्राउ परेका ३५ वर्षीय भारतीय नागरिक बोथ्रा भने प्रहरी हिरासतमा रहेका छन् ।

    राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन ले नागरिकहरूको स्वास्थ्यसँग गम्भीर असर गर्ने कार्यमा संलग्न व्यक्तिलाई सामान्य तारेखमा छोड्नु गलत भएको बवताए ।अवैध काम गर्ने व्यक्तिलाई रंगेहात पक्राउ परेर पनि सामान्य तारेखमा छोड्ने हो कि विभागले नियमअनुसार कारबाही गर्ने हो?’

    बिशाल ग्रुपका हर्ताकर्तासँग वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले ठुलो आर्थिक चलखेल गरी अवैध काम गर्दागर्दै रंगेहात पक्राउ परेकालाई छाडेको स्रोतको दाबी छ।

    म्याद सकिएको खाद्य वस्तुमा पुनः रिलेबलिङ गर्ने कार्यमा विशाल ग्रुपको हात छ भन्ने प्रश्नमा उनले ‘मलाई त थाहा छैन, कसैले अर्थ लगाएर जोड्छन् भने जोड्न दिनु न, अनुसन्धान गर्दै जाँदा कोही जोडियो भने त्यति बेला नै भनौंला ’भन्दै उनले बिशाल ग्रुपकै पक्षपोशण हुने गरी बोल्न थालेका छन्।

    सुवेदीकै निर्देशनमा विभागले आइतबार १ करोड धरौटी बुझाएपछि मुख्य आरोपित पुष्पादेवीसहित ७ जनालाई सामान्य तारेखमा छोडेको छ । ओरियो बिस्कुट, स्निकर्स, मार्स चकलेट, बर्नभिटा, प्रिङ्गल्समा नयाँ लेभल लगाएको भेटिएको थियो ।

    म्याद गुज्रिसकेको उपभोग्य मिति मेटेर नयाँ मिति राखिरहेको अवस्थामा महानगरीय प्रहरी अपराध महाशाखाले रंगेहात पक्राउ गरेर बिहीबार वाणिज्य विभागको जिम्मा लगाएको थियो ।

    विभागमा सेटिङ मिलाई छुट्नेहरुमा आयान डिष्ट्रिब्युटरका झापा चन्द्रगढी घर भएकी पुष्पादेवी अग्रवाल, रौतहटको गौर नगरपालिका–३ मजकुटिया घर भई हाल काठमाडौंको बल्खु बस्ने मौजिलाल ठाकुरका छोराहरू मुन्ना ठाकुर र पप्पुकुमार ठाकुर, महोत्तरीको बनरा घर भई हाल काठमाडौंको कपुरधारा बस्ने आसाराम सिंहको छोरा श्यामप्रसाद सिंह छन् ।

    त्यसैगरी धादिङको गल्छी–३ कल्लेरी घर भई हाल काठमाडौंको कुलेश्वर बस्ने कान्छा बयलकोटीको छोरा रामबहादुर बयलकोटी, धादिङको नीलकण्ठ नगरपालिका–६ जल्केनी घर भई हाल काठमाडौंको कलंकी बस्ने बुदे उपरकोटीको छोरा सीताराम उपरकोटी र धादिङको सिद्धलेक गाउँपालिका–४ भेडावारी घर भई हाल काठमाडौंको बाफल बस्ने गुन्जबहादुर थापामगरको छोरा दिलीप थापामगर पनि हिरासतमुक्त भएका छन् ।

    विभागले पुनः हाजिर हुने गरी पक्राउ परेका सात जनालाई नाटकिय रुपमा तारेखमा रिहा गरेको हो । अपराध महाशाखाले भने  प्रमाण जुटाएर रंगेहात पक्राउ परेका व्यक्तिलाई विभागले सामान्य तारेखमा छोडेकोप्रति असन्तुष्टि जनाएको छ ।

    महाशाखाले कालोबजारीअन्तर्गत मुद्दा चलाउन नमिल्ने भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत वाणिज्य विभागसँग समन्वय गरेर संयुक्तरुपमा छापा मारेको थियो ।

    बिशाल ग्रुपको बाहुल्यता रहेको एनआईसी एसिया बैंकसँग डिआईजी बिश्वराज पोखरेललगायत प्रहरीका उच्च अधिकारीको उठबस रहँदै आएको छ।

    एनआईसी एशिया बैंकमा विशाल ग्रुपका उपाध्यक्ष तुलसी अग्रवाल एनआईसी एशिया बैंकमा अध्यक्ष छन् ।

    बिशाल ग्रुपका प्रवन्ध निर्देशक अशोककुमार अग्रवाल र एनआईसीका संचालक रामचन्द्र संघाई केही समय अघि जुवा केसमा पक्राउ परेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार