Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • सहकर्मीलाई जबरजस्ती करणी गर्ने चिकित्सक पक्राउ

    सहकर्मीलाई जबरजस्ती करणी गर्ने चिकित्सक पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, १० फाल्गुन २०७६
  • 1.9K
    SHARES

    रौतहट – रौतहटमा आफनै सहकर्मीलाई जबरजस्ती करणी गर्ने चिकित्सक (अहेब) पक्राउ परेका छन्। आफनै क्लिनिककी महिला सहकर्मीलाई काममा राखेर जबरजस्ती करणी गरेको आरोपमा मौलापुर नगरपालिका ५ घरभई हाल गरुडा ४ स्थित अर्चना पोेलीक्लिनिक एवं रिसर्च सेन्टरका सञ्चालक ३५ वर्षीय श्यामशुन्दर पटेल पक्राउ परेका हुन्।

    इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले पीडित महिलाले दिएको जाहेरीको आधारमा अहेव पटेलमाथी जबरदस्ती करणी सम्बन्धी मुद्धा दर्ता गरी जिल्ला अदालत गौरबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको बताए।



    पीडित महिला र आरोपी पटेलको जिल्ला अस्पताल गौरमा स्वास्थ परिक्षण समेत भइसकेको डिएसपी महतोले जानकारी दिए । पछिलो दुईबर्षदेखी गरुडास्थित पोलीक्लिनिक सञ्चालन गरेका आरोपी पटेलमा काम गर्दैजाँदा बिवाहगर्ने प्रलोभन देखाएर आफुलाई पटक–पटक यौनशोषण गरेको पीडितको भनाइ छ ।



    पटेलले करणी गरेकाले तीन महिनाको गर्भवती रहेको चौधरी थरकी पीडितले बताएकी छिन् । उनले यसअघि एकबर्ष पहिले पनि पटेलकै गर्भ बसेको र बिभिन्न डरत्रास देखाएर औषधीबाट गर्भ तुहाउन लगाएको दुखेसो पोखिन् ।

    फेरी अब बिवाह गर्छु भन्दै जबरजस्ती करणी गरेको पीडितको उजुरीमा उल्लेख छ । तर जिल्ला अस्पतालमा भएको स्वास्थ परिक्षणको अधिकारीक रिपोर्ट नआएसम्म गर्भ भए नभएको बारे बोल्न नमिल्ने डिएसपी महतोले बताएका छन् । आरोपी अहेव श्यामसुन्दर पटेल हिरासतमा रहेको र घटनाबारे थपअनुसंधान भईरहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार