Online Nepal
  • मंगलबार, ९ बैशाख २०८२
  • राप्रपाको प्रदर्शनअघि बल्खु क्षेत्र पुग्यो राजेन्द्र लिङ्देन र एसएसपी अधिकारीको टोली

    राप्रपाको प्रदर्शनअघि बल्खु क्षेत्र पुग्यो राजेन्द्र लिङ्देन र एसएसपी अधिकारीको टोली

    अनलाइन नेपाल
  • मंगलबार, २६ चैत्र २०८१
  • 1.2K
    SHARES

    काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख विश्व अधिकारी सहितको टोलीले बल्खु क्षेत्रको अनुगमन गरेका छ । राप्रपाले आज बल्खु क्षेत्रमा प्रदर्शन गर्दैछ ।

    सोही अनुरुप अध्यक्ष लिङ्देन र एसएसपी अधिकारीको टोलीले सोमबार राति बल्खु क्षेत्रको अनुगमन गरेको हो । अध्यक्ष लिङ्देनले आफ्नो पार्टीले अराजकता र हिंसामा विश्वास नराख्ने स्पष्ट पारे ।



    उनले पार्टीका सबै कार्यक्रम शान्तिपूर्ण रूपमा सञ्चालन हुने बताउँदै बल्खु क्षेत्रमा आयोजना हुने प्रदर्शन पनि अहिंसात्मक र भद्र रूपमा सत्याग्रहको स्वरूपमा अघि बढ्ने दाबी गरे ।

    उनले देश बनाउने र बचाउने अभियानमा सबैलाई आफ्नै झण्डासहित सहभागी हुन आग्रह गरे । काठमाडौँ प्रहरी प्रमुख र मातहतका प्रहरी अधिकारीहरूसँग छलफल गरी प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आवश्यक समन्वय गरिएको ज्ञानेन्द्र शाहीले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार