Online Nepal
  • आइतबार, ४ जेष्ठ २०८२
  • शिक्षक महासंघले भन्यो – आन्दोलनलाई परिणाममुखी बनाउन संयमित र अनुशासित बन्नू

    शिक्षक महासंघले भन्यो – आन्दोलनलाई परिणाममुखी बनाउन संयमित र अनुशासित बन्नू

    अनलाइन नेपाल
  • मंगलबार, ९ बैशाख २०८२
  • 393
    SHARES

    काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनमा संयमित र अनुशासित हुन शिक्षकलाई आग्रह गरेको छ ।

    महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले सामाजिक सञ्जालमार्फत आन्दोलनलाई परिणाममुखी बनाउन धैर्यता, संयम र अनुशासन कायम राख्न आग्रह गरेको हुन् ।



    आन्दोलनलाई निर्णायक बनाउन अझै जोडबलसहित आन्दोलनमा जुटन् पनि उनले अनुरोध गरे ।

    “आन्दोलनका लागि तोकिएको स्थान र तोकिएको विधिबाहेक अन्य कार्यमा संलग्न नहुनु होला,” सुवेदीले भनेका छन्, “आन्दोलन आफैँमा जटिल जिम्मेवारी हो । मनोगत र लहडी निर्णय तथा कुराप्रति सचेत रहनुहोला ।”

    बजारमा चलेका अफवाह र गलत समाचारहरूमा विश्वास नगर्न पनि उनले आग्रह गरेका छन् । आन्दोलनलाई परिणाममुखी बनाउन धैर्यता, संयम र अनुशासन आवश्यक रहेको उनले बताएका छन् ।

    आज पनि बिहान ९ बजेदेखि १२ बजेसम्म आन्दोलन हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार