Online Nepal
  • बिहिबार, ११ बैशाख २०८२
  • तरलता धेरै भएपछि आज बजारबाट ३५ अर्ब झिक्दै राष्ट्र बैंक

    तरलता धेरै भएपछि आज बजारबाट ३५ अर्ब झिक्दै राष्ट्र बैंक

    अनलाइन नेपाल
  • सोमबार, २५ चैत्र २०८१
  • 216
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम धेरै भएपछि राष्ट्र बैंकले फेरि ३५ अर्ब रुपैयाँ झिक्न लागेको छ ।

    बजारमा आवश्यकभन्दा धेरै पैसा (तरलता) भएको भन्दै त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आज सो रकम झिक्न लागेको हो ।



    करिब डेढ वर्षयता राष्ट्र बैंकले नियमित रुपमा सातामा दुई पटक आइतबार र बुधबार निक्षेप संकलन उपकरणमार्फत् बजारबाट पैसा झिक्दै आएको छ ।

    तर आइतबार सार्वजनिक बिदा भएकाले हिजोको सट्टाआज पनि पैसा निकाल्न लागेको हो ।

    अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत् राष्ट्र बैंकले २३ दिनका लागि उक्त रकम झिक्न लागेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार