काठमाडौं । नेप्से परिसूचक आज एकल अंकले बृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा आज बजारको परिसूचक नेप्से ३.३५ अंक बढेको हो ।
सो अंकको वृद्धिपछि नेप्से २७०३.३९ अंकमा कायम भएको छ । दिउँसो कारोबारका क्रममा बजार २७३२ अंकसम्म पुगे पनि टिक्न सकेन ।
बजारमा कारोबार रकम बढेको छ भने अघिल्लो दिन ५ अर्ब ४४ करोडको कारोबार भएकोमा आज ७ अर्ब ८४ करोडको भयो ।
कुल ९३ कम्पनीको मूल्य बढ्दा १५१ को घट्यो ।
सबैभन्दा शक्तिशाली सेक्टर बैंकिङ ०.९६ प्रतिशत (१३ अंक) बढेपछि समग्र बजारको वृद्धिदर धनात्मक भएको हो । धेरैजसो सेक्टर घटेका छन् । बैंकिङका अलवा अन्य सेक्टर १.४५, हाइड्रोपावर ०.०३ र निर्जीवन बीमा ०.५९ प्रतिशत बढेको छ ।
व्यापार सेक्टर सबैभन्दा धेरै १.६६ प्रतिशत, विकास बैंक ०.१७, फाइनान्स १.५९, होटल तथा पर्यटन ०.१२, लगानी ०.०३, जीवन बीमा ०.६६, उत्पादन ०.९८, माइक्रोफाइनान्स ०.३७ प्रतिशत घटेको छ ।
ग्रीन भेन्चर्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढेको छ । त्यस्तै सुपरमादीको ६.९५, राधि विद्युतको ४.९०, एनएलजी इन्स्योरेन्सको ४.६३ प्रतिशत बढेको छ भने उपकार लघुवित्तको मूल्य सबैभन्दा धेरै ७.८ प्रतिशत घटेको छ ।
विन नेपाल लघुवित्तको ६.१ तथा गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको ६.१ र बोटलर्स नेपाल बालाजुको मूल्य ५.८ प्रतिशत घटेको छ ।
आज धेरै कारोबार भएका पाँच कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर, हिमालयन पावर पार्टनर र राधि विद्युत् क्रमशः अगाडि रहे का छन् ।
Leave a Reply