Online Nepal
  • मंगलबार, ३० बैशाख २०८२
  • लगातार चार दिन घटेको सेयर बजार २ अंकले बढ्यो

    लगातार चार दिन घटेको सेयर बजार २ अंकले बढ्यो

    अनलाइन नेपाल
  • बिहिबार, ११ बैशाख २०८२
  • 270
    SHARES

    काठमाडौं । आइतबारदेखि चार दिनसम्म लगातार घटेको सेयर बजार बिहीबार सम्हालिएको छ । यस दिन बजार २.०७ अंक बढ्यो ।

    सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६५८ मा कायम भएको छ । कारोबार रकम पनि ३० करोड बढेको छ । अघिल्लो दिन ७ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ७ अर्ब ८७ करोडको भयो ।



    अघिल्लो कारोबार दिन बुधबार नेप्से ३२.३८ अंकले घटेको थियो भने मंगलबार ९.९६ अंक, सोमबार ७.७५ अंक र आइतबार १६.६८ अंकले संकुचित बनेको थियो ।

    कुल ८३ कम्पनीको मूल्य बढ्दा १६१ को घट्यो भने एउटाको स्थिर रह्यो । लगानी समूह सबैभन्दा धेरै २.४ प्रतिशत बढ्यो । त्यस्तै हाइड्रोपावर ०.२२, व्यापार ०.३९ र बैंकिङ ०.०३ प्रतिशत बढे ।

    विकास बैंक ०.७६, फाइनान्स ०.८३, होटल तथा पर्यटन १.१६, जीवन बीमा ०.३२, उत्पादन ०.१७, माइक्रोफाइनान्स ०.४६, निर्जीवन बीमा ०.२८ र अन्य समूह ०.१३ प्रतिशत घटे ।

    दुई कम्पनी नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै ङादी ग्रुप, विन नेपाल लघुवित्त र युनिभर्सल पावरको मूल्य ७ प्रतिशत बढ्यो ।

    नेपाल हाइड्रो डेभलपर्सको ७.१२ प्रतिशत घट्यो । ग्रिन डेभलपमेन्ट बैंकको ४.८५ तथा कर्पोरेट डेभलपमेन्ट बैंकको ४.२० प्रतिशत मूल्य घट्यो ।

    कारोबार रकमका आधारमा ङादी ग्रुप पावर, राधि विद्युत्, एनआरएन इन्फ्रास्ट्रक्चर, युनिभर्सल पावर र एचआईडीसीएल क्रमशः अगाडि रहे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार