Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • पाल्पामा पहिरो: ३ घर पुरिए, ६ जना बेपत्ता

    पाल्पामा पहिरो: ३ घर पुरिए, ६ जना बेपत्ता

    अनलाइन नेपाल
  • बिहिबार, ८ असोज २०७७
  • 4.4K
    SHARES

    पाल्पा — पाल्पामा पहिरो जाँदा ३ घर पुरिएका छन भने ६ जना बेपत्ता भएका छन्। रम्भा गाउँपालिकाको फोक्सिङकोट बेलौजामा अविरल वर्षापछि खसेको पहिरोले बिहीबार बिहान घर पुरिँदा ६ जना बेपत्ता भएका हुन् ।

    वडाध्यक्ष उमानसिंह सारुका अनुसार बेलौजा स्वास्थ्य चौकी नजिकै माथिल्लो भागबाट खसेको ठूलो पहिरोले दुई घर पुरिएको हो । हुम बहादुर गाहा र मनबहादुर गाहाको घर पुरिँदा पाँच जना बेपत्ता भएको उनले बताए । उनका अनुसार मनबहादुर गाहाको परिवारका तीन जना भने पहिरो खसेपछि पनि भागेर ज्यान जोगाउन सफल भएका छन् । हुमबहादुर गाहाको परिवारमा सुतिरहेका पाँच जना सम्पर्कविहीन भएका छन् ।



    अविरल वर्षासँगै खसेको पहिरोले घर पुरिएर फोक्सिङ्कोटकै सुरुमडाँडामा एक जना गर्भवती महिला बेपत्ता भएकी छन् । उनका श्रीमान् भने पहिरो खसे पनि ज्यान जोगाउन सफल भएका थिए । पानी परिरहेको र पहिरो खस्ने क्रम नरोकिएकाले उद्धारमा समस्या भएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार