Online Nepal
  • बुधबार, ३ पुष २०८१
  • परराष्ट्रमन्त्री डा. राणा भारत प्रस्थान

    परराष्ट्रमन्त्री डा. राणा भारत प्रस्थान

    अनलाइन नेपाल
  • बुधबार, ३ पुष २०८१
  • 123
    SHARES

    काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा जर्मनीको राजधानी बर्लिनबाट भारतको नयाँदिल्ली प्रस्थान गरेकी छन् ।

    परराष्ट्रमन्त्री देउवाले बेल्जियम, नेदरल्याण्ड्स र लक्जेम्बर्गको भ्रमणपश्चात जर्मनीको भ्रमण गरेकी थिइन् । जर्मनीमा रहँदा उनले यौनिक र लैंगिक अल्पसंख्यकहरूको अधिकारसम्बन्धी सम्मेलन–२०२४ मा सहभागिता जनाएकी थिइन् ।



    सो अवसरमा परराष्ट्रमन्त्री देउवाले लैंगिक अल्पसंख्ययकहरूले विश्वभर सामना गर्नुपरेका हिंसा, उत्पीडन र प्रणालीगत असमानताका चुनौतीहरूबारे चर्चा गरिन् ।



    साथै, उनले नीतिमा आधारभूत रूपान्तरणको आवश्यकता औँल्याउँदै, नारीवादी परराष्ट्र नीतिले दीर्घकालीन परिवर्तन गर्न सक्ने सम्भावनाका विषयमा चर्चा गरिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार