Online Nepal
  • आइतबार, २१ पुष २०८१
  • जनकपुरमाथि चितवन राइनोजको सहज जित, प्लेअफ सम्भावना बलियो

    जनकपुरमाथि चितवन राइनोजको सहज जित, प्लेअफ सम्भावना बलियो

    अनलाइन नेपाल
  • शनिबार, २९ मंसिर २०८१
  • 291
    SHARES

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गतको खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन राइनोज सहज जित निकालेको छ ।

    चितवन राइनोजले जनकपुर बोल्ट्समाथि ३२ रनको सहज जित निकालेको हो । यो जितसँगै चितवनको प्लेअफ पुग्ने सम्भावना बलियो बनेको छ ।



    शनिबार भएको खेलमा यसअघि नै प्लेअफमा स्थान पक्का गरिसकेको जनकपुरलाई ३२ रनले पराजित गरेपछि चितवनले ७ खेलबाट ८ अंक जोडेको छ ।



    अहिलेसम्म जनकपुरले प्लेअफमा स्थान बनाउँदा सुपूरपश्चिम रोएल्स र कर्णाली याक्स पनि ८ अंक नै जोडेर प्लेअफ नजिक छन् । यस्तै ६ खेलबाट ६ अंक जोडेर पाँचौ स्थानमा रहेको काठमान्डु गुर्खाजको पनि प्लेअफ सम्भावना बाँकी छ ।

    चितवनले जनकपुरलाई हराएपछि विराटनगर किंग्स र पोखरा एभेन्जर्स भने आफ्नो अन्तिम लिग खेल नै प्लेअफ होडबाट बाहिरिएका छन् । लुम्बिनी लायन्स यसअघि नै लिग चरणबाट बाहिरिसकेको छ ।

    आइतबार काठमान्डु र विराटनगर तथा सुदूरपश्चिम र पोखराबीच खेल हुनेछ । काठमान्डुलाई प्लेअफ पुग्न अन्तिम खेल आफूअनुकुल जित्नैपर्ने बाध्यता छ ।

    काठमान्डु विराटनगरसँग पराजित भएमा भने सुदूरपश्चिम, कर्णाली र चितवन प्लेअफ पुग्नेछ। जनकपुरले लिग चरणको ७ खेल नै खेलिसकेको छ ।

    जसमा ५ जित र २ हारको नतिजा निकालेको जनकपुर १० अंकसहित शीर्ष स्थानमा छ । जनकपुर शीर्ष दुईमा रहने वा नरहने भन्ने कुरा सुदूरपश्चिमको बाँकी दुई खेलपछि टुङ्गो लाग्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार