Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • नेपाल प्रिमियर लिग

    जनकपुर बोल्ट्सले एकै ओभरमा गुमायो तीन विकेट

    जनकपुर बोल्ट्सले एकै ओभरमा गुमायो तीन विकेट

    अनलाइन नेपाल
  • आइतबार, २३ मंसिर २०८१
  • 231
    SHARES

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सविरुद्ध जनकपुर बोल्ट्सले पाँचौ विकेट गुमाएको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरिरहेको जनकपुर बोल्ट्सले पाँचौ विकेटका रुपमा जेम्स निशमलाई एक रनमा गुमाएको हो ।



    उनलाई पनि अभिषेश गौतमले आउट गरे । यसअघि चौथो विकेटका रुपमा हर्ष ठाकर एक रनमा आउट भए । उनलाई पनि अभिषेश गौतमले आउट गरे ।



    तेस्रो विकेटका रुपमा लाहिरु मिलन्थालाई २४ रनमा गुमाएको हो । उनलाई अभिषेश गौतमले आउट गरे । यसअघि दोस्रो विकेटका रुपमा अनिल शाहलाई ४५ रनमा आउट भएका थिए ।

    उनलाई सन्दिप जोराले क्याच आउट गराए । यसअघि पहिलो विकेटका रुपमा आसिफ शेख १६ रनमा आउट भए ।

    उनलाई विवेक यादवले क्याच आउत गराए । यसअघि पहिलो विकेटका रुपमा विनोद भण्डारी १७ रनमा आउट भए ।

    उनलाई साद बिन जफरले क्याच आउट गराए । यो समाचार तयार पार्दासम्म जनकपुरले १२ ओभरमा दुई विकेटको क्षतिमा ९७ रन बनाएर खेलिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार