काठमाडौं । नेपाल प्रिमियर लिग अन्तर्गत आइतबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दैछन् । खेल दिउँसो १ बजे टीयू अन्तर्राष्ट्रिय मैदानमा सुरु हुनेछ ।
यो खेल राष्ट्रिय टिमका दुई बाँयाहाते अलराउण्डर कुशल मल्ल र टाइगर उपनाम पाएका दाँयाहाते अलराउण्डर दीपेन्द्र सिंह ऐरी बीचको भिडन्त पनि हुनेछ ।
दीपेन्द्रको कप्तानीमा सुदूरपश्चिमले सुरुवाती तीनवटै खेल जितेर शानदार सुरुवात गरेको छ । चितवनले पनि तीनमध्ये दुई खेलमा जित हासिल गरेको छ ।
आज खेलमा पनि बलियो टोली सुदूरपश्चिमलाई रोक्न दाउमा चितवन राइनोज मैदानमा उत्रिने छ । यता सुदूरपश्चिम लगातार चौथो जित निकाल्दै प्लेअफमा स्थान पक्का गर्ने लक्ष्यमा हुनेछ । चितवन राइनोजले तीन खेलमध्ये सुरूवाती दुई खेल जितेको थियो ।
बलरहरूको शानदार प्रदर्शनमा चितवनले चितवनले पहिलो खेलमा काठमाडौंलाई ५ विकेटले र दोस्रो खेलमा पोखरालाई ८७ रनले पराजित गरेको थियो । तेस्रो खेलमा भने कर्णालीसँग ६ विकेटले पराजित भएको थियो।
Leave a Reply