काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले काठमान्डु गुर्खाजलाई १६८ रनको लक्ष्य दिएको छ ।
ब्रान्डन म्याकमुलेनले अर्धशतकमा सुदूरपश्चिमले काठमान्डुलाई १६८रनको लक्ष्य दिएको हो ।
टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित ओभरको खेलमा ६ विकेटको क्षतिमा १६७ रन बनायो।
टस जितेको काठमाडौंले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमका लागि स्कटिस ब्याटर ब्रान्डन मक्मलेनले अर्धशतक प्रहार गरे।
उनले ३५ बलमा ५३ रन प्रहार गरे। त्यसका लागि उनले ३ चौका र ४ छक्का प्रहार गरे। सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ४३ रनको महत्वपूर्ण पारी खेले ।
१९औं ओभरमा काठमाडौंका करण केसीको बलमा क्याच हुनुअघि दीपेन्द्रले ३ चौका र २ छक्का प्रहार गरेका थिए। ओपनिङमा आएका सइफ जबइले ११ रन मात्र जोड्न सकेन।
अर्का ओपनिङ ब्याटर विनोद भण्डारीले भने २८ बलमा ३५ रन बनाए। शाहब आलमको एलबिडब्लूको धरापमा पर्नुअघि उनले २ चौका र २ छक्का प्रहार गरेका थिए।
रोहन मुस्ताफ भने ४ रनमा रसिद खानबाट बोल्ड भए। आरिफ शेख भने रनआउट भए। दीपेन्द्रसिंह ऐरीसँग समन्वय मिल्न नसक्दा उनी ३ नरमा आउट हुन पुगेका थिए।
स्कट कुगेलेइनले नटआउट ७ रन जोडे। ११ ओभरमा ९९ रन जोडेको सुदूरपश्चिमले बाँकी ९ ओभरमा ६८ रन मात्र जोड्न सक्यो।बलिङमा काठमाडौंका रसिद खानले २ विकेट लिए।
उनले चार ओभरमा २० रन दिए। करण केसी, शाहब आलम र गेरार्ल्ड इरासमसले १-१ विकेट लिए।
Leave a Reply