काठमाडौं । एसीसी यु–१९ एसिया कपका खेल्न युएई जाने नेपाली टोलीको बिदाइ गरिएको छ।
नेपाल क्रिकेट संघ क्यानले आज काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच नेपाली टोलीलाई बिदाइ गरेको हो।
एसिसी यु–१९ एसिया कप शुक्रबारदेखि सुरु हुनेछ। क्यानले हेमन्त धामीको कप्तानीमा अन्तिम टोली घोषणा गरिसकेको छ।
एसिया कप मंसिर १४ देखि २३ गतेसम्म युएईमा हुँदैछ। नेपाल रहेको समूह ‘बी’ मा अफगानिस्तान, बंगलादेश र श्रीलंका छन्।
नेपालले मंसिर १४ गते श्रीलंकासँगै खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ भने मंसिर १६ मा बंगलादेश र १८ गते अफगानिस्तानसँग खेल्नेछ।
Leave a Reply