Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • मन्त्री संलग्न जापान मानवतस्करीमा थप दुई पक्राउ

    मन्त्री संलग्न जापान मानवतस्करीमा थप दुई पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २७ कार्तिक २०८१
  • 216
    SHARES

    काठमाडौं । जापानमा मानवतस्करीमा संलग्न थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नक्कली छाप तथा पत्रहरु बनाउन संलग्नलाई काठमाडौं प्रहरीले सोमबार पक्राउ गरेको हो ।

    कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीसहितलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । यसमा ठूलो गिरोहको संलग्नता देखिएको प्रहरी अधिकारी बताउँछन् ।



    हालसम्म नौ जना पक्राउ परिसकेका छन् भने थप तीन जनाको संलग्नता पुष्टि भएको छ । कोशीको आन्तरिक मामिला तथा कानून मन्त्रालयको परिचयपत्र बनाएर थप तीन जनालाई मन्त्री अधिकारीसँगै जापान तस्करी गर्ने प्रयास भएको थियो ।



    तर, जापानको अध्यागमनले फर्काइदिएपछि घटना बाहिर आएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार