काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पार्टीभित्र देखिएकाे मतभेद सहमतिबाट टुँग्याउनु पर्नेमा जोड दिएका छन् ।
मंगलबार एक ट्वीट गर्दै अध्यक्ष थापाले पार्टीभित्र देखिएकाे विवाद र चित्त नबुझेका कुरा सहमतिबाटै टुंग्याउनुपर्नेमा जोड दिएका हुन् ।
धर्म, संस्कृति विरुद्धको आक्रमण, ब्रम्हलुट र सर्वसत्तावाद परास्त गरी समृद्ध नेपाल बनाउन देशले वैकल्पिक विचार बोकेको शक्ति खोजेको पनि थापाको भनाइ छ ।
उनले ट्वीटरमा लेखेका छन्–‘धर्म र संस्कृति विरुद्धको आक्रमण, ब्रम्हलुट र सर्वसत्तावाद परास्त गरी सम्वृद्ध नेपाल बनाउन देशले वैकल्पिक विचार बोकेको शक्ति खोजेको छ । यही आवश्यकता पूरा गर्न राप्रपाको एकता भएको हो ।
धर्म/संस्कृति बिरुद्धको आक्रमण,ब्रम्हलुट र सर्वसत्तावाद परास्त गरी सम्वृद्ध नेपाल बनाउन देशले वैकल्पिक बिचार बोकेको शक्ति खोजेको छ।यही आवश्यकता पुरागर्न राप्रपाको एकता भएको हो।मतभेद/चित्त नबुझेका कुरा सहमतिबाट टुंग्याउन सकिन्छ,सार्वजनिक बहसको बिषय नबनाऔॅ @PashupatiShams @PCLohani
— Kamal Thapa (@KTnepal) September 15, 2020
Leave a Reply