Online Nepal
  • बिहिबार, ६ मंसिर २०८१
  • रूपन्देहीमा सशस्त्र प्रहरी र राजस्वको टोलीमाथि ढुंगामुढा

    रूपन्देहीमा सशस्त्र प्रहरी र राजस्वको टोलीमाथि ढुंगामुढा

    अनलाइन नेपाल
  • शुक्रबार, २३ कार्तिक २०८१
  • 345
    SHARES

    बुटवल । रुपन्देहीमा सशस्त्र प्रहरी र राजश्व अनुसन्धानको टोलीमाथि एक समूहले आक्रमण गरेको छ ।

    सिमावर्ती क्षेत्रबाट अवैध चिनी बरामद गरेर फर्किरहेको बेलामा सशस्त्र प्रहरी र राजश्व अनुसन्धानको टोलीमाथि आक्रमण भएको हो ।



    जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मुजहनाबाट सशस्त्र प्रहरी र राजश्वको टोलीले ११२ बोरा चिनी बरामद गरेको थियो ।



    उक्त चिनी लिएर फर्किने क्रममा स्थानीयसहितको टोलीले ढुंगामुढा गरेर अवरोध पुर्याएको हो ।

    बुटवलस्थित राजस्व अनुसन्धान कार्यालय र सशस्त्र प्रहरीको राजस्व प्रहरी इकाईबाट खटिएको टोलीमाथि स्थानीयले बाटोमा अवरोध सिर्जना गरेर आक्रमण गरेका थिए ।

    लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मुजहनामा अवैध रुपमा नेपाल भित्रियाइ चिनी भण्डार गरी राखेको सूचना पाएपछि राजस्व अनुसन्धान कार्यालय बुटवलका अनुसन्धान अधिकृत राजबहादुर विष्टको नेतृत्वमा ४ जना र सशस्त्र प्रहरी निरीक्षक अस्मित चौहान मगरको नेतृत्वमा १० जनाको टोली खटिएको थियो ।

    सो टोलीले मुजहनाका ३२ वर्षीय दिलिप लोधको घरमा खानतलासी गरी ११२ बोरा चिनी नियन्त्रणमा लिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार