Online Nepal
  • बिहिबार, २२ कार्तिक २०८१
  • अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई दिँदै प्रधानमन्त्री ओलीले भने – समृद्धि र सहकार्यमा टेवा पुग्नेछ

    अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई दिँदै प्रधानमन्त्री ओलीले भने – समृद्धि र सहकार्यमा टेवा पुग्नेछ

    अनलाइन नेपाल
  • बिहिबार, २२ कार्तिक २०८१
  • 111
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राज्य अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् ।

    उनले बुधबार सामाजिक सञ्जाल एक्समार्फत अमेरिकाको ४७औँ राष्ट्रपतिमा निर्वाचित भएकोमा राष्ट्रपति ट्रम्पलाई बधाई दिएका हुन् ।



    साथै उनले कार्यकालको पूर्ण सफलताको कामना गरे ।



    प्रधानमन्त्री ओलीले अमेरिकी राष्ट्रपति ट्रमको कार्यकालमा नेपाल र अमेरिकाबीचको सम्बन्ध थप प्रगाढ बन्नुका साथै पारस्परिक समृद्धि र सहकार्यमा टेवा पुग्ने आशा व्यक्त गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार