काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरोधी अभियान चलाएकै कारण आफू सत्ताबाट हट्नु परेको बताएका छन् ।
बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले सामाजिक न्यायको पक्षमा, आर्थिक समस्या समाधानको लागि जनताको पक्षमा काम गरेकै कारण पुराना र ठूला पार्टीहरूले भ्रष्टाचारी बचाउनकै लागि तथाकथित संख्याको बलमा आफूलाई सत्ताच्युत गरेको दाबी गरे ।
आफूले गरेका कामहरू राम्रोसँग जनतालाई बुझाउने अवसरका रूपमा आफूले लिएको उल्लेख गरे ।
Leave a Reply