Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • भ्रष्टाचारीलाई जोगाउन मात्रै वर्तमान सरकार बनेको हो : नारायणकाजी श्रेष्ठ

    भ्रष्टाचारीलाई जोगाउन मात्रै वर्तमान सरकार बनेको हो : नारायणकाजी श्रेष्ठ

    अनलाइन नेपाल
  • शनिबार, १० कार्तिक २०८१
  • 87
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले कुनै सरकारले गर्न नसकेको सुशासनको काम आफुहरुले गरेको बताएका छन् ।

    माओवादीले काठमाडौंमा गरेको खबरदारी सभामा बोल्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् ।



    वरिष्ठ उपाध्यक्ष श्रेष्ठले प्रचण्ड नेतृत्वको सरकारले राणा शासनको अन्त्यपछि बनेका सरकारहरू मध्ये उत्कृष्ट काम गरेको बताए ।



    उनले माओवादी केन्द्र नेतृत्वको सरकारले सुशासन र समृद्धिलाई तीव्रता दिएको बताए ।

    वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने,‘हामी दावाका साथ भन्न सक्छौँ यो देशमा राणा शासनको अन्त्य पछाडि २००७ सालदेखि कुनै सरकारले नगरेको काम हाम्रो सरकारले गर्‍यो । भ्रष्टाचारीहरूलाई कानुन र कारबाहीको दायरामा ल्यायो । त्यतिखेर भनियो, यो प्रधानमन्त्री र गृहमन्त्री रहँदासम्म सुत्न नपाइने भो, नीद हराम भो भनियो । भ्रष्टाचारीहरू, ठगहरू, राज्य लुट्नेहरू त्यसो भन्थे ।’

    प्रधानमन्त्री बनेका बेला प्रचण्डले सुशासन, समृद्धि र सामाजिक न्यायलाई अघि बढाएको बताउँदै भ्रष्टाचारविरुद्ध, राज्यलाई लुट्नेहरू, ठगीका विरुद्ध ठुलो अभियान सुरु गरेको बताए ।

    लोडसेडिङ अन्त्य गर्न, मिटरब्याजीहरूविरुद्ध कानुन बनाएर पाँच छ हजार पीडितलाई मुक्त गराउन भूमिका खेलेको उल्लेख गरे ।

    श्रेष्ठले भ्रष्टाचारीहरूलाई जोगाउन, भ्रष्टाचार गर्नका लागि माओवादी नेतृत्वको सरकार ढालेर अहिलेको सरकार बनेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार