Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • ८ र १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सशस्त्रका दुई सहायक हवल्दार पक्राउ

    ८ र १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सशस्त्रका दुई सहायक हवल्दार पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ८ कार्तिक २०८१
  • 63
    SHARES

    फाइल तस्विर

    रुपन्देही । बालिका बलात्कारको आरोपमा सशस्त्र प्रहरीका दुई सहायक हवल्दार पक्राउ परेका छन् ।

    बडादशैंको फूलपातीको दिन दाङको देउखुरी भालुवाङस्थित दुई बालिकामाथि बलात्कार गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।



    पिङ खेल्न आएका ती दुई बालिकालाई २९ न. ज्वालामाई गणमा कार्यरत उनीहरुले बलात्कार गरेको भन्दै स्थानीयले आरोप लगाएर लगातार आन्दोलन गर्दै आइरहेको छन् ।



    घटनामा सशस्त्र प्रहरी नै संलग्न भएको सूचना पाएपछि स्थानीयले बुधबार गणलाई घेराउ गरेका थिए ।

    सशस्त्रको कार्यालय बाहिर पिङ हालेको स्थानमा लगेर बलात्कार गरेको खुलेपछि दुई जना पक्राउ परेका हुन् । स्थानीयले यो सूचना पाएदेखि पीडकमाथि कारबाहीको माग गर्दै लगातार आन्दोलन गर्दै आइरहेका छन् ।

    उनीहरुले राजमार्ग नै अवरुद्ध गरेर पटक–पटक आन्दोलन गरेपछि स्थानीय प्रशासनले घटनामा आरोपित दुई जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको हो ।

    असोज २४ गते सप्तमीको दिन पिङ खेल्न आएका ८ वर्षीया र १४ वर्षीया बालिकालाई सशस्त्र प्रहरीहरुसमेतले बलात्कार गरेको स्थानियको आरोप छ ।

    स्रोतका अनुसार सशस्त्रका सहायक हवल्दार भरत रोकामगर र रेवन पचभैया मगर पक्राउ परेको भनिएपनि यसलाई प्रहरीले गोप्य राखेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

    यसअघि ती दुई बालिका बलात्कार भएको विषयमा पटक–पटक आफन्तहरुले गणका एसपी रमेश थापालाई उजुरी गरे पनि त्यसको सुनुवाई नभएको भन्दै पीडित पक्षले घटना लुकाउन खोजेको आरोप लगाइरहेका छन्।

    असोज २४ गतेदेखि अहिलेसम्म आरोपितलाई पक्रेर छानविन गर्न नखोज्नु घटना लुकाउने षडयन्त्र भएको आन्दोलनकारीको आरोप छ । जिल्ला प्रहरी कार्यालय दाङका एसपी अर्जुन तिमिल्सिनाले घटनामा आरोपितहरुलाई पक्रेर अनुसन्धान अगाडि बढाइरहेकोले जनाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार