Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • राष्ट्रपति पौडेलले लगाए दाजुको हातबाट दशैंको टीका

    राष्ट्रपति पौडेलले लगाए दाजुको हातबाट दशैंको टीका

    अनलाइन नेपाल
  • शनिबार, २६ असोज २०८१
  • 186
    SHARES

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दाजु डुण्डीराज पौडेलबाट दशैंको टीका, प्रसाद, जमरा र आर्शिवाद ग्रहण गरेका छन् ।

    राष्ट्रपति कार्यालय शीतलनिवासमा शनिबार बिहान राष्ट्रपति पौडेलले यस वर्षको दशैंको शुभ साइत ११ बजेर ३६ मिनेटमा टीका र जमरा ग्रहण गरेका हुन् ।



    सोही अवसरमा राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट पनि दशैंको टीका, जमरा र प्रसाद ग्रहण गरे।



    राष्ट्रपति पौडेलले आफूले टीका ग्रहण गरेपछि प्रथम महिला सबिता पौडेलसहित परिवारका सदस्यलाई पनि शुभसाइतमा टीकाजमरा लगाइदिएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

    विजया दशमीका उपलक्ष्यमा आजै दिउँसो राष्ट्रपति पौडेलले ३ देखि ३ः३० बजेसम्म विशिष्ट व्यक्तित्व र ३ः३० देखि ५ बजेसम्म सर्वसाधारणलाई टीकाजमरा लगाइदिने कार्यक्रम छ ।

    शीतलनिवासका अनुसार दिउँसो ३ देखि ३ः३० बजेसम्म सम्माननीयहरू, उपप्रधानमन्त्री, प्रदेश प्रमुख, मन्त्री, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारीलगायत विशिष्ट व्यक्तिहरूलाई राष्ट्रपति पौडेलले टीकाजमरा लगाइदिनेछ।

    सोही समयमा निजामती, जंगी, प्रहरीतर्फका अधिकृतस्तरका राष्ट्रसेवकलाई पनि टीकाजमरा लगाइदिने कार्यक्रम छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार