Online Nepal
  • बुधबार, ३० असोज २०८१
  • सिउँडीका युवकमाथि धारिलो हतियार प्रहार गरेको आरोपमा ६ जना पक्राउ

    सिउँडीका युवकमाथि धारिलो हतियार प्रहार गरेको आरोपमा ६ जना पक्राउ

    दसैँ मेलाबाट फर्कने बेला चिरकिट्टेमा विवाद

    अनलाइन नेपाल
  • शनिबार, २६ असोज २०८१
  • 6.2K
    SHARES

    अछाम । अछामको चौरपाटी गाउँपालिकामा एक युवकमाथि धारिलो हतियार प्रहार गरिएको छ ।

    पालिकाको वडा नम्बर ७ मार्कुमा लाग्ने दशैँ मेलाबाट फर्कने क्रममा वडा नम्बर १ का शंकर साउँदमाथि शुक्रबार राति एक समूहले धारिलो हतियार प्रहार गरेको हो ।



    उनीमाथि वडा नम्बर ३ का युवाहरुले सोही ठाउँको चिरकेट्टेमा धारिलो हतियार प्रहारसँगै कुटपिट गरेको प्रहरी चौकी सिउँडीले जनाएको छ । यद्धपी उनीहरुले खुडा प्रहार गरेका हुन् वा होइनन् भन्ने खुल्न सकेको छैन् ।



    तर गम्भीर घाइते भएका युवकले भने आफूमाथि खुडा हानिएको आरोप लगाएका छन् । प्रहरी चौकी सिउँडीका प्रमुख तथा प्रहरी सहायक निरीक्षक रमेश कुमार नाथका अनुसार घटनामा संलग्न वडा नम्बर ३ का ६ जना युवाहरुलाई नियन्त्रणमा लिइएको छ । अन्यको खोजी कार्य भइरहेको बताइएको छ ।

    उनीहरुले प्रारम्भिक सोधपुछका क्रममा खुडा प्रहार नगरेको तर वियरको बोलत हानिएको बयान दिएका छन् । घटनामा घाइते भएका साउँदलाई थप उपचारका लागि धनगढी लगिएको प्रहरीले जनाएको छ । घटनाका विषयमा प्रहरी चौकीमा निवेदन मात्रै परेको बताइएको छ । मुद्धा दर्ता भने गरिएको छैन ।

    घाइतेको उपचार गरेर फर्किएपछि मात्रै थप छलफल हुने प्रहरीले जनाएको छ । घाइते भएका साउँदको गर्धन नजिकै ठूलो चोट लागेको छ भने टाउँको र हातमा पनि चोट लागेको बताइएको छ । प्रहरीले घटनाको थप अनुसन्धान थालेको छ ।

    घाइते युवक शंकर साउँद

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार