Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • राष्ट्रपति पौडेलद्वारा नवकन्याको पूजा

    राष्ट्रपति पौडेलद्वारा नवकन्याको पूजा

    अनलाइन नेपाल
  • शुक्रबार, २५ असोज २०८१
  • 63
    SHARES

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैंका अवसरमा शुक्रबार नवकन्याहरूको विधिपूर्वक पूजाअर्चना गरेका छन्।

    राष्ट्रपति पौडेलले दुर्गा भगवतीको शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री महागौरी र सिद्धिदात्रीका रूपमा नौ रूपको पूजा गरेका हुन्।



    सो अवसरमा राष्ट्रपति पौडेलले नवकन्याको गोडा धोएर, टीका लगाइ उपहारसमेत प्रदान गरेका थिए ।



    बडादशैंका अवसरमा नवदुर्गाको अवतारस्वरूप राष्ट्रप्रमुखले नवकन्याहरूको (९ कन्या) पूजाअर्चना गर्ने परम्परा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार