Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • नेपालले चौथो अभ्यास खेलमा क्यानडा एचपीलाई २ विकेटले हरायो

    नेपालले चौथो अभ्यास खेलमा क्यानडा एचपीलाई २ विकेटले हरायो

    अनलाइन नेपाल
  • बुधबार, २३ असोज २०८१
  • 357
    SHARES

    काठमाडौं । नेपाल आफ्नो चौथो अभ्यास खेलमा दुई विकेटले विजयी भएको छ ।

    क्यानडा हाई–पर्फर्मेन्स टीमले दिएको १९५ रनको लक्ष्य नेपालले ४६.२ ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍यो ।



    क्यानडामा भएको खेलमा नेपाललाई जीतसम्म डोहोर्‍याउने क्रममा ओपनर अनिलकुमार साहले सर्वाधिक ५९ रनको योगदान गरे ।



    आरिफ शेखले ३४ र कुल मल्लले ३० रनको अविजित पारी खेल्दा अर्जुन साउद २३ र देव खनाल ११ रनमा आउट भए । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

    यसअघि पहिले ब्याटिङ गरेको क्यानडा एचपीले मिहिर पटेलको ७२ रनको मद्दतले १९४ रनको योगफल तयार पारेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार