काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा थप ४३१ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयद्वारा नियमित आयोजना गरिँदै आएको कोरोना अपडेटमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त कुरा बताएका हुन् ।
गौतमका अनुसार पछिल्लो काठमाडौं जिल्लामा पछिल्लो २४ घन्टामा ३७७ जनामा कोरोना संक्रमण देखिएको हो । त्यस्तै भक्तपुर र ललितपुरमा क्रमशः १७ र ३७ जनामा संक्रमण देखिएको हो ।
नेपालमा पछिल्लो २४ घन्टामा देशभर थप १२०१ जना कोरोना भाइरस (कोभिड-१९ )का बिरामी थपिएका छन् ।
नेपालमा हालसम्म ५३ हजार १ सय ११ जना संक्रमित पुगेका छन् । त्यस्तै हालसम्म ३७ हजार ५ सय २४ जना कोरोना मुक्त भइसकेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Leave a Reply