Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • काठमाडाैंमा ३७७ सहित उपत्यकामा थपिए ४३१ जना कोरोना संक्रमित

    काठमाडाैंमा ३७७ सहित उपत्यकामा थपिए ४३१ जना कोरोना संक्रमित

    अनलाइन नेपाल
  • शनिबार, २७ भाद्र २०७७
  • 3K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा थप ४३१ जनामा कोरोना भाइरस  पुष्टि भएको छ ।

    स्वास्थ्य मन्त्रालयद्वारा नियमित आयोजना गरिँदै आएको कोरोना अपडेटमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त कुरा बताएका हुन् ।



    गौतमका अनुसार पछिल्लो काठमाडौं जिल्लामा पछिल्लो २४ घन्टामा ३७७ जनामा कोरोना संक्रमण देखिएको हो । त्यस्तै भक्तपुर र ललितपुरमा क्रमशः १७ र ३७ जनामा संक्रमण देखिएको हो ।



    नेपालमा पछिल्लो २४ घन्टामा देशभर थप १२०१ जना कोरोना भाइरस (कोभिड-१९ )का बिरामी  थपिएका छन् ।

    नेपालमा हालसम्म ५३ हजार १ सय ११ जना संक्रमित पुगेका छन् । त्यस्तै हालसम्म ३७ हजार ५ सय २४ जना कोरोना मुक्त भइसकेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार