Online Nepal
  • आइतबार, २० असोज २०८१
  • एनपिएल अक्सन : यी १२ खेलाडी उच्च मूल्यमा बिके [नामसहित]

    एनपिएल अक्सन : यी १२ खेलाडी उच्च मूल्यमा बिके [नामसहित]

    अनलाइन नेपाल
  • आइतबार, २० असोज २०८१
  • 411
    SHARES

    काठमाडौं । नेपाल प्रिमियर लिगमा १२ जना खेलाडी उच्च मूल्यमा बिकेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार गरेको अक्सनमा १२ खेलाडी सर्वाधिक १५ लाख रुपैयाँमा बिकेका हुन् ।

    प्रतिश जिसी, लोकेश बम, ललितनारायण राजवंशी, अनिलकुमार साह, गुलसन झा, साहब आलम, भीम सार्की, सूर्य तामाङ, सन्दीप जोरा, विवेक यादव, सागर ढकाल र आरिफ शेख १५ लाख रुपैयाँमा बिकेका हुन् ।



    प्रतिश र लोकेश विराटनगर किङ्स, ललित र अनिल जनकपुर बोल्ट्स, गुलसन कर्णाली याक्स, साहब आलम र भीम काठमाडौं गुर्खाज, सूर्य, विवेक र सन्दीप लुम्बिनी लायन्स, सागर पोखरा एजेन्जर्स र आरिफ सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका हुन् ।



    आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौँमा हुने लिगमा एक टोलीमा १६ खेलाडी रहेनछन्। जसमा मार्की, चार विदेशी र एक ट्यालेन्ट हबाट टिममा अनुबन्ध हुनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार