Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • लुम्बिनी लायन्सको कन्सल्टेन्ट कोचमा शक्ति गौचन नियुक्त

    लुम्बिनी लायन्सको कन्सल्टेन्ट कोचमा शक्ति गौचन नियुक्त

    अनलाइन नेपाल
  • शनिबार, १९ असोज २०८१
  • 54
    SHARES

    काठमाडौं । नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली लुम्बिनी लायन्सको कन्सल्टेन्ट प्रशिक्षकमा नेपाली क्रिकेटका पूर्वस्पिन अलराउन्डर शक्ति गौचन नियुक्त भएका छन् ।

    लुम्बिनीका मालिक ईश्वर जिसी र शक्ति गौचनबीच शनिबार एक सम्झौता भएको हो । शक्ति २०१८ मा सन्यास लिएपछि भैरहवामा आफ्नो स्टार क्रिकेट एकेडेमीमा प्रशिक्षणमा व्यस्त छन् ।



    कुशल मल्ल र सुशान भारी शक्तिले नै उत्पादन गरेका खेलाडी हुन् । शक्तिले २०२१ को एभरेष्ट प्रिमियर लिगमा पोखरा राइनोजमा बलिङ प्रशिक्षकको रुपमा काम गरेका थिए ।



    लुम्बिनीको मार्की खेलाडीमा नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार