Online Nepal
  • शुक्रबार, १८ असोज २०८१
  • खोलाले बगाएर दुई बालबालिका बेपत्ता

    खोलाले बगाएर दुई बालबालिका बेपत्ता

    अनलाइन नेपाल
  • शुक्रबार, १८ असोज २०८१
  • 108
    SHARES

    फाइल तस्विर

    ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–२ खानीका दुई बालबालिका खोलाले बगाएर बेपत्ता भएका छन् ।

    शुक्रबार मैवाखोलाको खार्तेस्थित दहमा पौडी खेल्ने क्रममा स्थानीय संजहाङ बराइलीको छोरा अन्दाजी ११ वर्षीय सन्देश बराइली र सोही ठाउँकै रिन्जिन शेर्पाको छोरी अन्दाजी १२ वर्षीया आइतारानी शेर्पा बेपत्ता भएका हुन् ।



    जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार पौडी खेल्नसँगै गएका आइतरानीका दाजु १४ वर्षीय कुसुले शेर्पाले घरमा गई खोलाले बगाएको भन्ने जानकारी गराएपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए ।



    खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार