Online Nepal
  • बिहिबार, १७ असोज २०८१
  • नेपालगन्जबाट ब्राउन सुगरसहित दुईजना पक्राउ

    नेपालगन्जबाट ब्राउन सुगरसहित दुईजना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १७ असोज २०८१
  • 117
    SHARES

    नेपालगन्ज । नेपालगन्जमा ठुलो परिमाणको लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० राँझाबाट ९९ ग्राम लागुऔषध ब्राउन सुगरसहित कारोबारमा संलग्न दुईजना पक्राउ परेका हुन् ।



    पक्राउ पर्नेमा भारतीय नागरिक राहुल शुक्ला र नेपालगंज उपमहानगरपालिका २० एरपोर्ट नजिक बस्ने बालचन्द्र कामी रहेका छन् ।



    जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार लागुऔषध नियन्त्रण ब्युरो महेन्द्रनगर कञ्चनपुर, लागुऔषध नियन्त्रण ब्युरो नेपालगन्ज र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

    कामीको डेरामा खानतलासी गर्ने क्रममा भारत रुपैडिया बस्ने शुक्लाको पाइन्टको गोजीमा ब्राउन सुगर फेला परेको बताइएको छ ।

    सोही कोठामा रहेको खाटमा लागुऔषध ब्राउन सुगर तौल गर्न प्रयोग गरिने डिजिटल तराजु एक थान प्रहरीले बरामद गरेको छ । उनीहरुमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार