Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • बाढीपहिरो पीडितलाई तत्काल राहत दिन राज्य व्यवस्था समितिको निर्देशन

    बाढीपहिरो पीडितलाई तत्काल राहत दिन राज्य व्यवस्था समितिको निर्देशन

    अनलाइन नेपाल
  • मंगलबार, १५ असोज २०८१
  • 189
    SHARES

    काठमाडौं । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले बाढीपहिरो प्रभावितलाई राहतको काम तदारुकताका साथ अघि बढाउन सरकारलाई निर्देशन दिएको छ ।

    मंगलबारको समिति बैठकले गृहमन्त्री रमेश लेखकसँग छलफल गरेपछि बाढीपहिरो र डुबानका कारण मुलुकमा भएको क्षतिको विश्लेषण गर्दै यस्तो निर्देशन दिएको हो ।



    सुशासन समितिले राजमार्गहरुमा अलपत्र परेका यात्रुहरुलाई तत्काल उद्धार गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।



    राहत तथा उद्धारमा तदारुकता देखाउन, हवाई भाडा बढ्न नदिन र राजमार्गहरु सुचारु गर्न समेत समितिले भनेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार